Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर

भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर

रुपन्देही: भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ।लम्सालको शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै बुधबार साँझ यहाँ ल्याइएको हो ।

सिद्धार्थनगर नगरपालिका–८ घर भएका लम्साल परिवारका केही सदस्य आउन ढिलाइ भएका कारण शवलाइ भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij