Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उपभोक्तालाई भ्रमित पार्दै प्रधानमन्त्री बालेन शाहजस्तो देखिने तस्बिर प्रयोग गरी एलाे हर्बलको विज्ञापन

उपभोक्तालाई भ्रमित पार्दै प्रधानमन्त्री बालेन शाहजस्तो देखिने तस्बिर प्रयोग गरी एलाे हर्बलको विज्ञापन

इटहरी  : प्रधानमन्त्री बालेन्द्र शाह जस्तो देखिने तस्बिर प्रयोग गरी  एलाे  हर्बल (Aloe Herbal) नामक कम्पनीले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आफ्नो उत्पादनको प्रचार–प्रसार गरेको छ । “Nepali brand doing Nepali care ❤️ Just following the trend ✨🇳🇵” भन्ने क्याप्शनसहित सार्वजनिक गरिएको उक्त विज्ञापनमा दाह्री, हेयरस्टाइल तथा फेसकट बालेन शाहसँग मिल्दोजुल्दो देखिएको छ । उक्त तस्बिरमा “Aloe Herbal Purifying Cleanser Face Wash” प्रयोग गरिरहेको अवस्था देखाइएको छ ।

विज्ञापन हेर्दा “बालेन शाहले नै उक्त ब्रान्ड प्रमोट गरेका हुन्” भन्ने सन्देश गएको भन्दै सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । व्यावसायिक विज्ञापनमा कुनै सार्वजनिक व्यक्तिसँग अत्यधिक मिल्ने छवि त्यसमाथी प्रधानमन्त्री जस्तो प्रतिष्ठित व्यक्तिको तस्विर प्रयोग गर्दा गलत सन्देश जाने तथा आम नागरिकमा भ्रम फैलिन सक्ने सम्भावना रहेको उपभाेक्ता हरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट