नवलपुर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिप्परले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ , एक जना घाइते भएकाछन् । जिल्लाको गैँडाकोट नगरपालिका–९, थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो ना ७ ख ८६२१ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको लु ४१ प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका –१०, निवासी ३५ वर्षीय जमुना गिरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अनिल पण्डितले बताउनुभयो ।
दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका गिरीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा ज्यान गएको उहाँले बताउनुभयो । दुर्घटनमा परि मोटरसाइकल चालक मृतक जमुना गिरी थापाका श्रिमान ४० वर्षीय राजबहादुर थापा घाइते हुनुभएको छ । उहाँको भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij