गोरखा : गोरखामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोरखा नगरपालिका ८ फुलवारी पाठशाला नजिकै मिनी ट्रकको ठक्करबाट बुधबार तीन वर्षीय बालक युहन्ना गुरुङको मृत्यु भएको हो ।
आरुघाट गाउँपालिका १ धुन्चेत घर भई हाल गोरखा सदरमुकाम बस्ने उनको घटनास्थलमै मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ।
साँझ करिब ६ बजे घ्याम्पेशालबाट बिरेन्चोकतर्फ जाँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनी ट्रकले गुरुङलाई ठक्कर दिएको थियाे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij