Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन निकुञ्जमा दुई वर्षीय भाले बाघ मृत फेला

चितवन निकुञ्जमा दुई वर्षीय भाले बाघ मृत फेला

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एक बाघ मृत फेला परेको छ । पश्चिम चितवनको मेघौली नजिकै पर्ने सिजिघाट क्षेत्रमा करिब दुई वर्षको भाले बाघ मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरका अनुसार अर्को बाघको आक्रमणमा परी दुई बर्षिय भाले बाघको मृत्यु भएको हो ।

‘आमाबाट छुटेर हिड्ने बेलामा अर्को ठुलो बाघको आक्रमणमा परी दुई वर्षको बाघ मरेको अवस्थामा भेटिएको छ’ उनले भने ‘कुन बाघले हान्यो भन्ने चाँही अझै पत्ता लाग्न सकेको छैन ।’
मृत बाघको पुच्छरमा गहिरो घाउ देखिएको छ । सो घाउ अन्य बाघको आक्रमणबाट भएको हुन सक्ने अनुमान गरेको उनले बताए । मगरका अनुसार, दुई दिनअघि एक दुई महिनाको डमरुको मृत्यु भएको थियो । निकुञ्जको अमलटारी सेक्टरमा माउले छाडेको अवस्थामा फेला परेपछि उपचारको क्रममा मृत्यु भएको उनले बताए । ‘हामीले डमरुलाई एक्लो अवस्थामा फेला पार्यौँ । आमा आउँछ कि भनेर एक दुई दिन जंगलमै छाड्यौँ । नआएपछि डमरुको उपचारका लागि अमलटारी सेक्टरमा नै राख्यौँ । पछि उसको मृत्यु भयो’-उनले भने ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा साना ठुला सहित छ वटा बाघ मरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट