Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

माडी महोत्सवको उद्घाटनमै कानुन उल्लंघन : मदिरा प्रचार, कार्वाही गर्ने सिडियोको घोषणा

माडी महोत्सवको उद्घाटनमै कानुन उल्लंघन : मदिरा प्रचार, कार्वाही गर्ने सिडियोको घोषणा

चितवन : ‘तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३’ उद्घाटनकै दिन कानुनी विवादमा तानिएको छ। सार्वजनिक स्थल तथा मेला–महोत्सवमा मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने स्पष्ट व्यवस्था विपरीत मञ्चमै मदिराको प्रचार सामग्री राखिएको पाइएको हो।
उत्सवस्थलको मुख्य मञ्चअगाडि इच्छाकामनामा उत्पादित ‘बाह्रसिङ्गे बियर’को ठूलो डमी बोतल राखी प्रचार गरिएको थियो। सोही स्थानमा उभिएर माडी नगरपालिकाकी मेयर ताराकाजी महतोले उद्घाटन गरेपछि घटना थप विवादित बनेको छ। स्थानीय सरकारकै नेतृत्व उपस्थित कार्यक्रममा खुलेआम कानुन उल्लंघन भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
प्रचलित कानुनअनुसार सार्वजनिक स्थल, होडिङ बोर्ड तथा मेला–महोत्सवमा मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न पूर्ण प्रतिबन्ध छ। मदिरा नियन्त्रण तथा नियमन नीति, २०७३ ले मदिराको प्रचार–प्रसारलाई निषेध गरेको छ भने जनस्वास्थ्य सेवा ऐन, २०७५ र विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले समेत यस्ता गतिविधिलाई गैरकानुनी ठहर गर्छन्।
कानुन उल्लंघन प्रमाणित भएमा सम्बन्धित पक्षलाई कारबाही हुने प्रावधान छ। जनस्वास्थ्य सेवा ऐनअनुसार ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ भने विज्ञापन ऐनअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना लगाउन सकिने व्यवस्था छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कानुनविपरीत गतिविधि भएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएका छन्। “इजाजत दिने क्रममा नै मापदण्ड पालना गर्न निर्देशन दिएका थियौँ,” उनले भने, “उल्लंघन भएको पुष्टि भए प्रशासन चुप लागेर बस्दैन।”
उक्त महोत्सव माडी कला केन्द्रले आयोजना गरेको बताइए पनि व्यवस्थापन वीरगञ्जस्थित एक निजी कम्पनीलाई ठेक्कामा दिइएको छ। यसअघि नै आर्थिक अपारदर्शिताको आरोप खेप्दै आएको आयोजकमाथि अब कानुनी मर्यादा उल्लंघनको आरोप थपिएको छ।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले घटनाप्रति असन्तुष्टि जनाएका छन्। “नियमन गर्ने निकाय आफैं संलग्न कार्यक्रममा यस्तो गैरकानुनी कार्य हुनु गम्भीर विषय हो,” एक स्थानीयले प्रतिक्रिया दिए।
यता ‘बाह्रसिङ्गे बियर’ उत्पादन गर्ने कम्पनीका प्रबन्धक माधव पौडेलले भने महोत्सवमा गरिएको प्रचारबारे आफूलाई जानकारी नभएको बताएका छन्। “यो मार्केटिङसँग सम्बन्धित विषय हो, आवश्यक परे बुझेर जानकारी दिन्छु,” उनले भने।
उक्त घटनाले माडीको सुशासन, स्थानीय सरकारको भूमिकासहित महोत्सव व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट