Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रधानमन्त्री बालेन शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री बालेन शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं : प्रधानमन्त्री बालेन शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार तथा लेखक दिपा दाहाल नियुक्त भएकी छन्।

प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार शुक्रबार उक्त पदमा दाहालको नियुक्ति गरिएको हो।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले सोही दिनदेखि आफ्नो कार्यभार सम्हालेकी छन्। उनले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया व्यवस्थापन र अनुसन्धानसम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नेछिन्।

सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा दाहालको लामो पत्रकारिता अनुभवलाई नीति तथा सञ्चार प्रणालीमा उपयोग गर्ने उद्देश्यसहित यो नियुक्ति गरिएको जनाएको छ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा तथा अनलाइन पत्रकारितामा २० वर्षभन्दा बढी अनुभव रहेको छ। उनी पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारितामा सक्रिय थिइन्।

त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्यमकन्या बहुमुखी क्याम्पसमा सात वर्षभन्दा बढी पत्रकारिता अध्यापन गर्दै आएकी छन्। सञ्चार सिप तथा मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) सम्बन्धी प्रशिक्षणमा पनि उनी सक्रिय रहँदै आएकी छन्।

दाहालले “कोभिड : नसोचेको, नभोगेको संकट” नामक अनुसन्धानमूलक पुस्तक समेत लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट