Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बक्स अफिसमा ‘धुरन्धर २’: ‘केजीएफ–२’ र ‘जवान’लाईपछि पार्दै बन्यो छैटौँ सफल फिल्म

बक्स अफिसमा ‘धुरन्धर २’: ‘केजीएफ–२’ र ‘जवान’लाईपछि पार्दै बन्यो छैटौँ सफल फिल्म

मुम्बई : रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ (धुरन्धरः द रिभेन्ज) ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान तोड्दै ऐतिहासिक सफलता हासिल गरेको छ। रिलिजको १० औँ दिनसम्म आइपुग्दा यो फिल्म विश्वभर सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ ।

फिल्मले विश्वभर १,२२६.४४ करोड (भारु) सङ्कलन गर्दै यश स्टारर ‘केजीएफः च्याप्टर २’ (१,२१५ करोड) र शाहरुख खानको ‘जवान’ (१,१६० करोड) को लाइफटाइम कलेक्सनलाई उछिनेको छ ।

समाचारका अनुसार रिलिजको १० औँ दिन (शनिबार) फिल्मले भारतमा मात्रै ६२.८५ करोड रुपैयाँको नेट कलेक्सन गरेको छ । हालसम्म फिल्मले भारतमा कुल ७७८.७७ करोड रुपैयाँ नेट र ९३०.४४ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। विदेशी बजार (ओभरसीज) बाट फिल्मले २९६.०० करोड रुपैयाँ कमाएको छ। यसरी फिल्मको कुल वल्र्डवाइड ग्रस कलेक्सन १,२२६.४४ करोड पुगेको छ।

यसअघि फिल्मको पहिलो भाग ‘धुरन्धर’ले पनि बक्स अफिसमा शानदार प्रदर्शन गरेको थियो । पहिलो भागले विश्वभर करिब १,३०७ करोड रुपैयाँ कमाएको थियो, जसमा हिन्दी संस्करणले मात्रै ८९४.४९ करोड रुपैयाँको कीर्तिमानी कमाइ गरेको थियो । रणवीर सिंहको यो अवतारलाई दर्शक र समीक्षक दुवैले निकै रुचाएका छन्, जसका कारण फिल्मले आगामी दिनमा अझै ठुला रेकर्डहरू बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट