काठमाडौं : ललितपुरमा इँटाभट्टाको पर्खाल भत्कँदा एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
आइतबार (चैत ८) बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टाको पर्खाल भत्कँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । पर्खालको इँटाले च्यापिँदा कर्मचारी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
यस्तै, रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये जानकीको अवस्था गम्भीर छ । घाइतेको उपचार ललितपुरकै मेडिसिटी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij