Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एकैदिन तोलामा ४२ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

एकैदिन तोलामा ४२ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला ११ हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला तीन लाख १७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij