काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ।
भोलि (२१ फागुनमा) हुने प्रतिनिधिसभा निर्वाचनको मतदानका लागि कर्मचारीहरू खटिइसकेका छन्। मतदान केन्द्रमा मतदानका लागि बुथहरू बनाइँदै छन्। कर्मचारीहरू पनि खटिइसकेका छन्।
यसैबीच कर्मचारीहरूले ललितपुरको नाग बहालमा मतदान केन्द्र तयारी लगभग पूरा गरेको अवस्था छ। काठमाडौँको महाबौद्ध, दरबार हाई स्कूल, पद्मकन्या र वाल्मीकि क्याम्पसमा मतदान केन्द्रको व्यवस्थापन पनि अन्तिम चरणमा पुगेको छ। यहाँ नेपाल प्रहरी, निर्वाचन प्रहरी, स्थानीय र निर्वाचन अधिकृतहरू काममा खटिएका छन्।








© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij