Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मोरङ–६, डोल्पा र अछाममा उम्मेदवारी छोडेको छैन : उज्यालो नेपाल पार्टी

मोरङ–६, डोल्पा र अछाममा उम्मेदवारी छोडेको छैन : उज्यालो नेपाल पार्टी

काठमाडौँ : उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनमा केही निर्वाचन क्षेत्रहरूमा आफ्नो पार्टीले उम्मेदवारी छोडेको भनी फैलिएको हल्ला पूर्णतः निराधार रहेको स्पष्ट पारेको छ । 

पार्टीले विशेषगरी मोरङ क्षेत्र नम्बर ६, डोल्पा र अछाममा आफ्ना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको वा छोडेको भन्ने भ्रमपूर्ण समाचार र सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता डा. राजु थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका त्यस्ता अफवाहहरूमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । 

'आसन्न प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले आधिकारिक रूपमा निर्णय गरी उम्मेदवारी फिर्ता गराउने कुनै पनि कार्य गरेको छैन,' उनले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चुनावको मुखमा मतदातालाई दिग्भ्रमित पार्ने उद्देश्यले यस्ता निराधार हल्ला फैलाइएको भन्दै पार्टीले त्यस्ता अफवाहको पछि नलाग्न सबैमा आग्रह गरेको छ । साथै, प्रवक्ता थापाले कुनै पनि भ्रममा नपरी आफ्नो पार्टीका उम्मेदवारहरूलाई निर्धक्क भएर मतदान गर्न आम मतदातालाई अपिल समेत गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट