Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

धादिङ दुर्घटना : बसभित्र च्यापिएका एक जना घाइतेको साढे ३ घण्टापछि उद्धार

धादिङ दुर्घटना : बसभित्र च्यापिएका एक जना घाइतेको साढे ३ घण्टापछि उद्धार

काठमाडौँ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैँसीगौडामा दुर्घटना भएको बसबाट एक जनालाई साढे ३ घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान पोखराबाट काठमाडौँ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा च्यापिएका २७ वर्षीय कृष्णराज मानन्धरलाई साढे ३ घण्टापछि जीवित उद्धार गरिएको धादिङका एसपी सुमित खड्काले रातोपाटीलाई बताए ।

ललितपुरको इमाडोल घर भएका मानन्धरलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी खड्काले जानकारी दिए । खुट्टा च्यापिएर बसमा अड्किएका खड्कालाई सुरक्षाकर्मीले मेसिनले बसको भाग काटेर निकालेको हो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको छ । घटना छानबिन गर्न गृह  मन्त्रालयले कार्यदल गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट