Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पूर्वराजा शाह झापाबाट काठमाडौँ आइपुगे

पूर्वराजा शाह झापाबाट काठमाडौँ आइपुगे

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी उनको स्वागतमा मानिस भेला गरेका छन् । 

यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । विमानस्थल बाहिर पूर्वराजाका समर्थकहरूले स्वागतको तयारी गरेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट