Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी तोलामा ५ हजार २९० रुपैयाँ मा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट