Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गरिबी र बेरोजगारीसँग संघर्ष गर्दै निर्वाचन सुरक्षामा आमा–छोरी र बाबु–छोरा:

गरिबी र बेरोजगारीसँग संघर्ष गर्दै निर्वाचन सुरक्षामा आमा–छोरी र बाबु–छोरा:

 

अर्घाखाँची : अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१ का एक स्थानीय परिवारका आमा–छोरी र बाबु–छोरा यतिबेला निर्वाचन प्रहरीको जिम्मेवारीमा खटिएका छन्।

 

आर्थिक अभाव र बेरोजगारीसँग जुध्दै जीवनयापन गर्दै आएका उनीहरू लोकतन्त्रको महत्वपूर्ण पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन अग्रपंक्तिमा उभिएका हुन्। दैनिक गुजारा चलाउनै कठिन भइरहेको अवस्थामा निर्वाचन प्रहरीको अवसर उनीहरूका लागि आम्दानीको माध्यम मात्र होइन, जिम्मेवारी र गर्वको विषयसमेत बनेको छ। एउटै परिवारका चार सदस्य फरक–फरक केन्द्रमा खटिएर निर्वाचनको सुरक्षामा योगदान दिइरहेका छन्।

 

परिवारका सदस्यहरूले भने, “घरको आर्थिक अवस्था कमजोर छ। कामको अवसर सहज छैन। निर्वाचनमा खटिन पाउँदा केही आम्दानी हुने र देशको जिम्मेवारी पनि पूरा गर्ने अवसर मिलेको छ।”स्थानीयस्तरमा उनीहरूको यस सहभागितालाई उदाहरणीय रूपमा हेरिएको छ। एउटै परिवारका सदस्यहरूले लोकतान्त्रिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुले समाजमा सकारात्मक सन्देश दिएको स्थानीय बासिन्दाहरूको भनाइ छ। गरिबी र बेरोजगारीको कठिनाइबीच पनि जिम्मेवारीलाई प्राथमिकता दिँदै निर्वाचन सुरक्षामा खटिएको यो परिवार अहिले सन्धिखर्क–१ मा चर्चा र प्रेरणाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट