काठमाडौँ : दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको आजै पशुपति आर्यघाटमा अन्त्येस्टी गरिने भएको छ । थापाको परिवार मुम्बईबाट आएलगत्तै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो ।
त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने कलाकार संघका सदस्य गोपाल ढकालले जानकारी दिए । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाली चलचित्रमा 'खलनायक' को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला' को नामले चर्चित थिए । उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij