Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

राजेश हमालले यसरी सम्झिए सुनिल थापालाई

राजेश हमालले यसरी सम्झिए सुनिल थापालाई

काठमाडौँ : वरिष्ठ नायक राजेश हमालले दिवङ्गत कलाकार सुनिल थापा नेपाली सिनेमाको इतिहासमा एउटा महत्त्वपूर्ण मोड भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हमालले सो कुरा बताएका हुन् ।

उनले आफ्नो सिनेमायात्रा थापाप्रति समर्पित गरेको समेत बताएका छन् । उनले भनेका छन् : ‘नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्त्वपूर्ण मोड हुनुहुन्छ। मेरो सिनेमायात्रा म तपाईंप्रति समर्पित गर्दछु।’ उनले थापा एक अदभूत सहकर्मी भएको बताउँदै उनको निधनले कहिल्यै भरिन नसक्ने शून्यता छाडेको समेत बताएका छन् ।

थापाको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाली चलचित्रमा 'खलनायक' को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला' को नामले चर्चित थिए।

Capture

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट