Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान होः पूर्वराष्ट्रपति भण्डारी

समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान होः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताएकी छिन्। सहिद दिवस, ०८२ का अवसरमा आज एक सन्देश जारी गर्दै उनले नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनता संरक्षणका लागि अमूल्य जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना सकार गर्न लाग्नुपर्ने बताएकी छिन्।

पूर्वराष्ट्रपति भण्डारीले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई केवल संरचनागत उपलब्धिमा सीमित राख्न नहुने बताइन्। सामाजिक सञ्जालबाट जारी सन्देशमा उनले भनेकी छिन्,“सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्नु हाम्रो साझा दायित्व हो। उक्त आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नो भूमिका इमान्दारीका साथ निर्वाह गर्न सहिद दिवसले थप ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्दछु।” आज देशभरि सहिद दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट