Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

सिन्धुपाल्चोक (चौतारा) : विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी छन् । उनलाई पक्राउ गरेर म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले बताए ।

स्कूल नजिकै गिरीको आफ्नै स्टेशनरी पसल छ । उक्त स्टेशनरीमा गएका बेला १२ वर्षीया छात्रालाई गिरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । पीडित छात्रा कक्षा ७ मा अध्ययनरत छिन् । पीडित बालिकाले आफूमाथि भएको यौन दुर्व्यवहारबारे आफन्तलाई भनेपछि गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो । अहिले पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिइसकेकाले म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

यता आरोपित गिरीले भने ‘माया गरेर गाला मात्रै छोएको’ दाबी गर्दै आएका थिए । गिरीले आरोप अस्वीकार गरेपछि बालिकाका आफन्तले बुधबार दबाब समेत सिर्जना गरेका थिए । घटनाबारे जानकारी पाएपछि बालिकाका अभिभावक विद्यालय पुगेर छलफल समेत गरेका थिए । तर आरोपित गिरीले अस्वीकार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

विद्यालयमा अवस्था तनावग्रस्त बनेपछि आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट