Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

खराब मौसमका कारण अधिकांश उडान प्रभावित, वायुसेवा निगमको जहाज आकाशमै 'होल्ड'

खराब मौसमका कारण अधिकांश उडान प्रभावित, वायुसेवा निगमको जहाज आकाशमै 'होल्ड'


काठमाडौं : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित बन्न पुगेको छ । बुधबार विहानैदेखि बाक्लो हुँस्सु र सितलहरका कारण उपत्यकासहित तराई क्षेत्रको वातावरण प्रभावित हुँदैगर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । जसका कारण आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडान समेत प्रभावित हुन पुगेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जनाएको छ ।

बाक्लो हुँस्सुका कारण अधिकांश विमानस्थलहरुको भिजिविलिटी कम हुँदा उडान अवतरणमा समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ एयर इन्डिया बनारस ड्राइभर्ट भएको छ भने दोहा कतारदेखि काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको जहाज आकाशमै होल्ड भएको विमानस्थलले जानकारी दिएको छ । 

यसैगरी आन्तरिक उडानतर्फ तराई क्षेत्रमा उडानका लागि तयारी अवस्थामा रहेका जहाजहरु खराब मौसमका कारण डिले हुन पुगेको विमानस्थलले जानकारी दिएको छ । बुद्ध एयरका दुईवटा फ्लाइट काठमाडौंदेखि भद्रपुर र एउटा तुम्लिनटारको उडान रोकिएको अवस्था छ भने पोखरा, जनकपुर, भरतपुर र सिमराका फ्लाइटहरु समेत प्रभावित बनेको विमानस्थलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट