Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अनशनरत जेनजी भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ

अनशनरत जेनजी भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ जेनजी भेट्न माइतीघर पुगेका छन् ।

विभिन्न माग राखेर ९ दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेनजी अभियन्ता अजय सोडारीलाई भेट्न प्रसाईँ आज माइतीघर पुगेका हुन् ।





गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि यो विषय सचिवालयले गर्न सक्दैन भन्दै फर्किएको सोडारीको भनाई थियो ।

यस्तै आन्दोलनरत पक्षले गृह मन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने बताएका छन् ।

 

केहि दिनअघि मात्रै नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले ‘पैसा खाएर निर्णय लिएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।

त्यसपछि प्रसाईँलाई पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईँको बयान लिइसकेपछि उनलाई हिरासतबाहिरै राख्न उपयुक्त ठहर गर्दै माग ६ गते हाजिर जमानीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट