Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेकपा (माओवादी)को माडीमा आजदेखि चुनाबी घरदैलो अभियान

नेकपा (माओवादी)को माडीमा आजदेखि चुनाबी घरदैलो अभियान

 माडी : नेत्रविक्रम चन्द 'बिप्लव' नेतृत्वको नेकपा (माओवादी)ले सोमबार (आज)देखि माडी क्षेत्रमा चुनाबी घरदैलो सुरु गर्दैछ ।

पार्टीको माडी नगर समितिको आइतबार बसेको बैठकले बसन्तपुर बजारमा निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन बसन्तपुरमा सम्पर्क कार्यालय खोल्ने र आजदेखि निर्वाचन केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी चितवन क्षेत्र नं. ३ प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवार डा. आशिष प्रसाद महतोको 'जित सुनिश्चित गर्न' टिका सीको संयोजकत्व र प्रदीप सीको सह-संयोजकत्वमा ५१ सदस्यीय माडी नगरस्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको सो पार्टीले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट