Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाडिँदै

दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाडिँदै

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुट्ने भएका छन् ।  प्रहरीले सोमबार उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन  कार्यालय काठमाडौँबाट पक्राउ अनुमति जारी भएका प्रसाईंसँग प्रहरीले बयान लिएको छ । प्रसाईंसँग बयान लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने निर्णय भएको छ ।’

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

अनुसन्धान अधिकृतको सिफारिसमा प्रसाईं हाजिर जमानीमा छुट्न लागेका हुन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग चौथो पटक भेटेपछि दुर्गा प्रसाईंले फागुन १ देखी घोषणा गरेको आन्दोलन रोकेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट