Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बैंकिङ कसुरमा फरार प्रतिवादी काठमाडौँबाट पक्राउ

बैंकिङ कसुरमा फरार प्रतिवादी काठमाडौँबाट पक्राउ

काठमाडौँ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ४६ वर्षीय नविन रिजाललाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको छ। झापा घर भई हाल काठमाडौं महानगरपालिका–१० मा बस्दै आएका रिजाललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएपछि उनी फरार रहँदै आएका थिए । रिजालमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउन उनलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट