Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अर्घाखाँचीमा गोठभित्र बन्दुक र बिस्फाेटक पदार्थ भेटियो

अर्घाखाँचीमा गोठभित्र बन्दुक र बिस्फाेटक पदार्थ भेटियो

अर्घाखाँची : प्रहरीको गस्ती टोलीले खाली गोठभित्र लुकाई राखेको अवस्थामा हातहतियार र बिष्फोटक पदार्थ फेला पारेको छ । डीएसपी दिवसबहादुर जीसीको कमाण्डमा खटिएको टोलीले शुक्रबार शीतगंगा नगरपालिका–११ बोक्सेस्थित गोठमा बिस्फाेटक पदार्थ फेला पारेको थियो ।

जंगलभित्र खाली रहेको उक्त गोठमा भरुवा बन्दुक दुई थान, ग्रिनेड १४ थान, डेटोनेटर १२ थान, प्लाष्टिकको पाइप र लञ्चर जस्तो देखिने पदार्थ तीन थान, प्रेसर कुकर बम एक थान, स्टिलको डलु बम एक थान, बिजुलीको तार चार बण्डल, बारुद पाँच सय ग्रामसहित अन्य बिष्फोटक सामग्री भेटिएको डीएसपी जीसीले बताए । बिस्फाेटक पदार्थलाई सेनाकाे टाेलीले डिस्पाेज गरेकाे उनले बताए ।

गाईभैंसीका लागि बनाइएको गोठ केही वर्षदेखि बसाइँ सरेपछि खाली भएको थियो । अहिले गोठसहित त्यस क्षेत्रको खेतबारी भाडामा लिएर नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले आलुलगायत तरकारी खेती गर्दै आएको छ ।

‘विप्लवका कार्यकर्ताले आलु खेती गरे पनि बिस्फाेटक पदार्थ नियन्त्रणमा लिँदा त्यहाँ मान्छे थिएनन्,’ डीएसपी जिसीले भने, ‘गस्ती गर्ने क्रममा गोठभित्र बिस्फाेटक पदार्थ बेवारिसे फेला पारेका हौं । कसले राखेको भन्ने खुलेको छैन ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट