Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेकपा माओवादीद्वारा संघर्षका कार्यक्रम घोषणा

नेकपा माओवादीद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ । शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको माओवादी सचिवालयले जनाएको छ । संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते बलुका देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
यसअघि विप्लवले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रमशिविरहरूमा प्रहरीले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्न खोजेको भन्दै आक्रोश व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट