Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कम्युनमा प्रहरीले छापा मारेकामा नेकपा माओवादीको आपत्ति

कम्युनमा प्रहरीले छापा मारेकामा नेकपा माओवादीको आपत्ति


काठमाडौँ : नेकपा माओवादीले कम्युन र सर्वसाधारणको घरमा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको छ । माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्घाखाँचीस्थित सितगङ्गा–११ मा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको हो ।

‘यस आतङ्कपूर्ण घटनाले हामीलाई गम्भीर बनाएको छ । राज्यको यो दमनकारी हर्कतको पार्टी घोर भर्त्सना गर्छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने तर अर्कोतिर माओवादी उत्पादन केन्द्र र सर्वसाधारण जनताको घरमा छापा मारेको घटनाले देशलाई द्वन्द्वतिर धकेल्न खोजेको माओवादीले आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट