Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

थुनामुक्त भइसकेपछि रमा बस्नेतको बन्दी रिटमा सुनुवाइ !

थुनामुक्त भइसकेपछि रमा बस्नेतको बन्दी रिटमा सुनुवाइ !

काठमाडौँ : टिकटकर रमा बस्नेतलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनका बुवा बलदेव बस्नेतले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र अव्दुल अजिज मुसलमानको इजलासमा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि गत असार १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले बस्नेतलाई थुनामा राख्नुको कारण विपक्षीसँग माग गरेको थियो । बन्दीको रिटमा सुनुवाइका लागि पेसी तोकिए पनि बस्नेत भने यसअघि नै धरौटी बुझाएर रिहा भइसकेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले गत असार १ गते उनलाई पक्राउ गरेको थियो । असार ९ गते बस्नेतका बुवा बलदेवले गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले असार ११ गते जिल्लामा मुद्दा दायर गरेको थियो । असार १२ गते न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले ३० हजार धरौटीमा छाड्न आदेश गरेपछि उनी धरौटी बुझाएर छुटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट