Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बागलुङमा घुमुवा प्रहरीकै संरक्षणमा एक दर्जन जुवाखाल !

बागलुङमा घुमुवा प्रहरीकै संरक्षणमा एक दर्जन जुवाखाल !

बेनी : बागलुङ जिल्लामा प्रहरीकै संरक्षणमा जुवाखाल फस्टाएका छन्। प्रहरीका घुुमवाले मासिक बुझेर संरक्षण दिन थालेपछि अन्य जिल्लाबाट समेत जुवा खेलन बागलुङ जाने गरेका छन् ।१० वर्षदेखि बागलुङ बस्दै आएका हवल्दार दिलबहादुर गुरुङमार्फत यसरी जुवाडेहरुले सेटिङ मिलाएका हुन्। जसकारण प्रहरीले कहिल्यै छापा हान्ने गरेको छैन ।

बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठका भाइले रेड एप्पल होटलमै जुवा खेलाउने गरेको छन्। त्यस्तै, पुरानो बसपार्क पछाडि डम्बर शाहले उपल्लो चौर श्रीनगर टोलमा बासु श्रेष्ठले धौलागिरी चोकमा २ नम्बर वडाका सदस्य विदेश श्रेष्ठले जुवाखाल चलाउने गरेका छन् ।

होटल यारा जिप पार्क, शिवधारा चोकको गुरुङ किचेन, बाग्लुङ नगरपालिका १ स्थित रामरेखा ग्यारेज, कँडेल खाजा घर लगायतमा प्रहरीकै संरक्षणमा जुवाखाल चल्ने गरेको छ। त्यस्तै, नमस्ते रेष्टुरेन्टमा सञ्चालक कृष्ण कँडेलले चलाउने गरेका छन् ।ती स्थानमा दैनिक करिब पाँच लाख रुपैयाँको हारजित हुने गरेको छ । प्रहरी हवल्दार दिलबहादुर गुरुङ र सुमन गुरुङले ३० हजार रुपैयाँका दरले यी जुवाखालबाट पैसा उठाउने गर्दछन्।

जसअनुसार महिनामै ५ लाख उठ्ने गरेको छ । जून पैसा उच्च तहका प्रहरी अधिकारीलाई समेत बुझाउनुपर्ने उनीहरुले बताएका छन्। ‘सूचना दिदा पनि प्रहरीले कहिल्यै छापा हानेको छैन,’ एक स्थानीय व्यापारी भन्छन्,‘प्रहरीको संरक्षणले हाम्रो जिल्लामा जुवाको विकृती मौलायो ।’

घुुमवा प्रहरीकै मिलेमतोमा पछिल्लो समय मालढुंगा, कालिका मन्दिर आसपास खुलेआम लागुऔषधको बिक्रि र सेवन समेत हुने गरेको स्थानीयको गुनासो छ ।हवल्दार गुरुङका गलत क्रियाकलापबारे बारम्बर उजुरी पर्दा पनि प्रदेश प्रहरी कार्यालयले उनलाई हटाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट