Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सर्लाहीमा परालको भुसभित्र लुकाइ ल्याइएको काजु बरामद, ट्रक चालक पक्राउ

सर्लाहीमा परालको भुसभित्र लुकाइ ल्याइएको काजु बरामद, ट्रक चालक पक्राउ

सर्लाही : सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार बिहान करिब ११ बजे चेकजाँचका क्रममा मदनपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक जाँच गर्दा परालको भुसभित्र लुकाई छिपाइ ल्याइराखिएको काजु फेला पारेको हो ।

बरामद गरिएको काजुको तौल तथा मूल्य भने सार्वजनिक गरिएको छैन । प्रहरीले ट्रकसहित बरहथवा नगरपालिका–१३ बसबरीया घर भएका ५६ वर्षीय ट्रक चालक राजबंशी झालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका चालकसहित ट्रक र काजु इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ । प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट