Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एघार महिनामा दस हजारभन्दा बढी सवारी साधन कारबाही

एघार महिनामा दस हजारभन्दा बढी सवारी साधन कारबाही

गोरखा : गोरखा जिल्लामा विगत ११ महिनामा १० हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।यो आर्थिक वर्षको साउनदेखि जेठ अन्तसम्म ठुला तथा साना गरी १० हजार १५२ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलले बताउनुभयो ।उहाँका अनुसार सबैभन्दा धेरै दुई पाङग्रे सवारी कारबाहीमा परेका छन् । जिल्ला भित्रको विभिन्न स्थानमा गरी ४ हजार ५१४ वटा दुई पाङग्रे सवारी कारबाहीमा परेका छन् ।कारबाहीमा पर्ने सवारीहरूले कागजात दुरुस्त नराखेको, मादक पदार्थ सेवन गरेर सवारी चलाएको तथा लापरर्वाही पूर्वक सवारी साधन चलाएकाहरू भएको प्रनानि पौडेलले बताउनुभयो ।

‘सकेसम्म हामीले सम्झाई बुझाइ गरेर छाडने गरेका छौ’ उहाँले भने ‘तर पनि पटक पटक गल्ती दोहर्‍याउनेलाई कारबाहीको दायरमा ल्याएका हौ ।’कार्यालयले जिल्ला भित्रै कारबाहीको दायरामा ल्याएर नसचिएकाहरूलाई भने यातायात कार्यालय गण्डकी प्रदेशमा समेत चलानी गर्ने गरेको पनि उहाँले बताउनुभयो ।कार्यालयले दिएको जानकारी अनुसार दोस्रो स्थानमा कार÷जिप कारबाहीको परेका छन् । २ हजार १७४ वटा कार÷जिप, १ हजार ६१६ ट्रक÷टिप्पर, १ हजार १०८ वटा बस, ६९४ वटा ट्याक्टर र ३७ वटा अन्य सवारी कारबाहीमा परेका छन् ।उक्त सङ्ख्यामा कारबाहीमा परेका सवारी साधनबाट ९८ लाख ८७ हजार ५०१ रुपैयाँ राजश्व सङ्कलन भएको पनि कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट