Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भक्तपुरमा २३ वर्षीया युवतीमाथि जबरजस्ती करणी, युवक पक्राउ

भक्तपुरमा २३ वर्षीया युवतीमाथि जबरजस्ती करणी, युवक पक्राउ

भक्तपुर : भक्तपुरमा २३ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका-१२ घर भई हाल काठमाडौँ नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङ रहेका छन्।

घिसिङले चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते ती युवतीलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। यसै उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट