धरान : धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष धनबहादुर राईलाई पार्टी निर्देशन अवज्ञा गरेको भन्दै नेकपा एमाले धरानले पदबाट बर्खास्त गर्न सिफारिस गरेको छ ।वडाध्यक्ष राई मेयर हर्क साम्पाङले अगुवाइ गरेको श्रमदान अभियानमा सहभागी भएपछि एमालेभित्र विवाद चुलिएको हो ।
एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईका अनुसार वडाध्यक्ष राई पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको, कार्यपालिका बैठकमा नियमित अनुपस्थित रहने, पार्टी बैठक र निर्देशन अवज्ञा गर्ने, तीन पटकसम्म स्पष्टीकरण माग्दा चित्त बुझ्दो जवाफ नदिएको जस्ता कारणले कारबाहीको सिफारिस गरिएको हो ।पार्टीका नेताहरूले पटक–पटक सम्झाउँदै पनि उनले नसुनेपछि निर्वाचन आयोगमार्फत बर्खास्ती प्रक्रिया अघि बढाउन जिल्ला कमिटीमा सिफारिस गरिएको उनले बताए ।
एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष पर्सुराम यादवका अनुसार वडाध्यक्ष राईलाई एकपटक पार्टी कार्यालयमा बोलाएर औपचारिक रूपमा कारबाही प्रक्रिया सुरु गरिनेछ ।२०८९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका राई मेयर साम्पाङको लोकप्रिय श्रमदान कार्यक्रममा खुलेर सहभागी हुँदै आएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij