Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दुप्चेश्वर जाँदै गरेको कारमा पहिरो खस्यो, चालक घाइते

दुप्चेश्वर जाँदै गरेको कारमा पहिरो खस्यो, चालक घाइते

नुवाकोट : सडकमा गुडिरहेको गाडीमा पहिरो खसेको छ ।काठमाडौंबाट टोखा–छहरे सडकखण्ड हुँदै नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश विएडी ३७७३ नम्बरको निजी कारमा माथिबाट पहिरो खसेर क्षति गरेको हो ।

उक्त कारमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ४५ वर्षीय श्यामकृष्ण श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।उनलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनामा कारमा क्षति पुर्‍याएको छ भने पहिरोले उक्त सडक केहि घण्टा अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट