Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बागमतीका सांसद तामाङ एवं पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बागमतीका सांसद तामाङ एवं पूर्वमन्त्रीसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा सांसद तामाङविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् । बुद्धिमान भने घिसिङका आफ्नै ससुरा हुन् ।

धादिङ–२ (ख) बाट निर्वाचित तामाङ प्रदेशको सहकारी मन्त्री पनि भएका थिए । ललितपुर जिल्ला अदालतले २०८१ फागुन ५ गते नै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए ।

उच्च अदालतले पनि गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएपछि पक्राउ पुर्जी जारी भएको हो ।घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा तामाङको कम्पनीलाई सबस्टेसन निर्माणसम्बन्धी ठेक्का दिलाइएको थियो ।

चिलिमे–त्रिशुली २२० के.भी. प्रसारण लाइन अन्तरगतको चिलिमेको २२० केभीएको जिआईएस सव–स्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रिड सव–स्टेशन निर्माणको ठेक्का २०७४ कात्तिकमा चीनको पिगांओ ग्रुप अफ कम्पनिजले १ अर्ब ११ करोडमा पाएको थियो ।

त्यो ठेक्काको सव–कन्ट्रयाक्ट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो । सहन इन्जिनियरिङबाट पनि लेबर कन्ट्राक्ट भने बागमती प्रदेश सांसद डम्बर तामाङको प्रो–सोलुसन्सले पाएको थियो ।उक्त ठेक्काको रकम पिंगाओले सहनलाई हुँदै तामाङको प्रो सोलुसन्सले पाउनुपर्नेम घिसिङको दबाबमा पिगांओले सोझै प्रो– सोलुसन्सलाई दिइएको थियो ।

पिगांगोले सिधै प्रो– सोलुसन्सलाई रकम दिंदा सहन कन्स्ट्रक्सनले रकम नपाएपछि सहज अदालत पुगेको थियो । यही विवादमा आपराधिक विश्वासघातको आरोपमा तामाङलगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।पक्राउ पुर्जी जारी हुनेहरूमा प्रोसोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट