Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

युनुस अन्सारीले नेशनल टेलिभिजनमार्फत ९ करोड सम्पत्ति शुद्धीकरण गरेको सिआइबी दाबी, मुद्दा दायर

युनुस अन्सारीले नेशनल टेलिभिजनमार्फत ९ करोड सम्पत्ति शुद्धीकरण गरेको सिआइबी दाबी, मुद्दा दायर

काठमाडौं : विवादास्पद व्यवसायी युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानका आधारमा शुक्रबार उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो ।

उनले नेशनल टेलिभिजनमार्फत गैरकानुनी रुपमा आर्जित सम्पत्ति शुद्धीकरण गरेको सिआइबी दाबी छ । नौ करोड नौ लाख ५३ हजार सात सय नौ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । उनीसहित नेशनल टेलिभिजनविरुद्ध समेत मुद्दा दायर भएको छ ।

त्यस्तै, उनको श्रीमती सालमा खातुन, बाराकी प्रमिला अधिकारी तथा शुभेश्वर प्रसाद कुशवाहलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।अन्सारीले नक्कली नोट तथा लागुऔषधको कारोबारबाट आर्जित रकम टेलिभिजनमा लगानी गरेको सिआइबीको अनुसन्धानमा खुलेको छ। सो टेलिभिजन हालै बन्द भइसकको छ ।

गत महिना मात्र कारागारबाट छुटेका अन्सारीलाई सिआइबीले नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको कसुरमा बयान लिएर अर्को मुद्दा दायर गरेको हो ।अन्सारीमाथि २०६७ सालमा केन्द्रीय कारागारमै गोली प्रहार भएको थियो। एक भारतीय सुटर जेलभित्रै छिरेर गोली प्रहार गरेपनि उनी जोगिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट