Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

१ सय ६२ किलो गाँजा बोकेको भारतीय कार नियन्त्रणमा

१ सय ६२ किलो गाँजा बोकेको भारतीय कार नियन्त्रणमा

सुनसरी : नेपाल प्रहरीले सुनसरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–३ बाट गाँजा बोकेको एमएच ०२ बीपी ९७४२ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बिहान सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको शङ्कास्पद अवस्थामा रहेको कार चेकजाँचको क्रममा कारको डिकीमा लुकाई राखेको १ सय ६२ किलोग्राम गाँजा बरामद गरेको थियो ।

गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट