Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) का नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक जना अधिकृतले रातोपाटीलाई बताए । एसपी खड्कालाई यादवले गालीगलौज गरेको अडियो सामाजिक सञ्जालमा भाइरल छ । यादव जसपाको मधेस प्रदेशका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट