झापा : झापामा शौचालय निस्किएका एक व्यक्तिको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।बिर्तामोड नगरपालिका-७ फक्तालुङ्ग निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको आज बिहान शौचालय जाने क्रममा जंगली हात्तीसँग जम्काभेट हुँदा आक्रमण परी मृत्यु भएको हो ।
प्रहरीले कानुनी प्रक्रिया शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij