Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

धादिङ क्रेन दुर्घटनामा घाइते जयराम तिमिल्सिनाको काठमाडौंमा मृत्यु

धादिङ क्रेन दुर्घटनामा घाइते जयराम तिमिल्सिनाको काठमाडौंमा मृत्यु

काठमाडौं : धादिङमा असार ९ गते भएको क्रेन दुर्घटनामा गम्भीर घाइते भएका जयराम तिमिल्सिनाको उपचारको क्रममा निधन भएको छ। काठमाडौं महानगरपालिका–६ निवासी ३३ वर्षीय तिमिल्सिनाको असार १८ गते बिहान ३:४० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।उनी सवार रहेको बा २ ख ६४९० नम्बरको क्रेन धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङटारमा साँझ करिब ५ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा तिमिल्सिनासहित चारजना घाइते भएका थिए। अन्य घाइतेहरूमा चालक राजु बिडारी (थाहा नगरपालिका–६, मकवानपुर), रियाज खान (१८) र ओमराज राम (२०), दुवै वीरगञ्ज उपमहानगरपालिका–१५ निवासी थिए।तीन जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने चालक बिडारीलाई डिस्चार्जपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

गम्भीर अवस्थामा रहेका तिमिल्सिनालाई प्रारम्भिक उपचारपछि धादिङबेसीबाट काठमाडौंस्थित हेम्स अस्पताल हुँदै त्रिवि शिक्षण अस्पतालमा सारिएको थियो। तर, टाउकोमा लागेको चोटका कारण उनको ज्यान जोगाउन नसकिएको चिकित्सकले जनाएका छन्।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट