Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् ।

उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन् । आव २०८०/०८१ मा दुई सय ७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको छ ।

आव २०७९/८० मा एक सय छ, आव २०७८/०७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी उजुरी परेका थिए । विदेशबाट पनि साइबर कानून उल्लङ्घन गरेको पाइएको छ ।साइबर कानून उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट