Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पर्सा प्रहरीद्वारा हुण्डीको ठूलो अपरेशन : स्रोत नखुलेको २८ लाख बरामद, तीनजना पक्राउ

पर्सा प्रहरीद्वारा हुण्डीको ठूलो अपरेशन : स्रोत नखुलेको २८ लाख बरामद, तीनजना पक्राउ

पर्सा : पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीको विशेष टोलीले मंगलबार विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पकहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगञ्ज महानगरपालिका–३, आदर्श टोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपककुमार सोनार छन् ।

पक्राउ परेका वर्णवालसँग कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा ९ लाख ४७ हजार फेला परेको हो ।य‍स्तै, श्रीवास्तवसँग कृषि विकास बैंक लिंकरोडमा कालो ब्यागभित्र लुकाइछिपाई राखेको अवस्थामा १५ लाख ८१ हजार बरामद भएको हो ।

वीरगन्ज–१६, रजतजयन्ती चोकमा ना. १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार सोनारबाट तीन लाख बरामद भएको पर्सा प्रहरीले जनाएको छ । उनीहरु हुण्डी कारोबारी रहेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट