Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोरखाको थुमीबाट हराएका बृद्ध पुरुष तीन दिनपछि मृत्त फेला

गोरखाको थुमीबाट हराएका बृद्ध पुरुष तीन दिनपछि मृत्त फेला

गोरखा : गोरखाको थुमीबाट हराएका एक बृद्ध पुरुष तीन दिनपछि मृत्त फेला परेका छन् ।मृत्तक आरुघाट गाउँपालिका-४ थुमी धारश्वारा बस्ने ७१ वर्षीय क्षेत्र बहादुर थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार थापाको मृत्त शरीर सोही ठाउँस्थित गुइखोला (खहरे) दोभानमा मंगलबार फेला परेको हो ।

असार १६ गते साँझ ७ बजे चप्पल किन्न भनेर घरबाट निस्किएका उनी राती अबेरसम्म पनि नआएपछि आफन्त र स्थानियले खोजी गरेका थिए । असार १७ गते आरुघाट ईलाका प्रहरी कार्यालयमा थापा हराएको बिषयमा आफन्तले उजुरी समेत दिएका थिए ।

मृत्तकका आफन्त, स्थानिय र प्रहरीको खोजीमा मंगलबार बिहान ८:३० बजे दोभानमा मृत्त अवस्थामा फेला परेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट