Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

७५ लाख जरिवाना तोकिएका दुई प्रतिवादी पक्राउ

७५ लाख जरिवाना तोकिएका दुई प्रतिवादी पक्राउ

काठमाडौँ : प्रहरीले काठमाडौँबाट बैकिङ्ग कसुर र चेक अनादर मुद्दाका दुई जना प्रतिवादीलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्य नेपाल नगरपालिका–७ घर भएर महाराजगञ्ज बस्ने ५१ वर्षीय दिपेन्द्र राज घिमिरे र काभ्रेको बनेपा घर भएर काठमाडौँ–६ बस्ने ५७ वर्षीय बुद्धिनाथ न्यौपाने छन् ।

बैकिङ्ग कसुर मुद्दामा घिमिरेलाई अदालतले ४३ लाख ५० हजार जरिबाना हुने फैसला गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेर उनलाई अदालतमा उपस्थित गराएको छ ।

चेक अनादर मुद्दामा बुद्धिनाथ न्यौपानेलाई काठमाडौँ जिल्ला अदालतले ३१ लाख ५० हजार जरिवाना र २ वर्ष कैदमा राख्ने फैसला गरेको छ । उनीहरूलाई पक्राउ गरेर अदालत उपस्थित गराइएको एसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट