काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ४४ वटा जार जफत गरेको छ । प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा कुच्चिएका, फुटेका भेटिएपछि जार जफत गरेको महानगरले जनाएको छ ।
महानगरको अनुगमनको जिम्मेवारी लिएको कृषि तथा पशुपन्छी विभागले मंगलबार गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाएको थियो ।
जफत जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको महानगरले जनाएको छ । अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिएको छ । बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको महानगरपालिकाले मंगलबारदेखि अनुगमन सुरु गरेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij