Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काठमाडौं जिल्ला अदालतबाटै हतकडीसहित थुनुवा फरार, खोज्दै प्रहरी

काठमाडौं जिल्ला अदालतबाटै हतकडीसहित थुनुवा फरार, खोज्दै प्रहरी

काठमाडौं : काठमाडौं जिल्ला अदालतबाठ हत्कडीसहित एक थुनुवा फरार भएका छन् । चोरीको अभियोगमा पक्राउ परेका पश्चिम रुकुमका २१ वर्षीय दशरथ शाही (उर्फ निराजनजंग ठकुरी) आइतबार बयानका लागि अदालत लगिएको बेला भागेका हुन्।

थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।अनुसन्धान पूरा भएपछि आइतबार बयानका लागि अदालतमा पेस गरिएको थियो। प्रहरीका अनुसार शौचालय जान्छु भनी हिँडेका उनी त्यहिँबाट फरार भएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट