रौतहट : तीन वर्षदेखि फरार रहँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटअनुसार मिति २०७८ साल माघ २६ गते बिहान रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मठिया टोलस्थित गहुँको खेतमा मृत फेला परेकी चाँदनी खातुनको हत्या अभियोगमा उनका श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार चाँदनी खातुनको शव घाँटीमा सलले बेरेर र मुखमा सल कोचेर हत्या गरिएको अवस्थामा भेटिएको थियो । घटनापछि फरार रहेका मन्सुरीलाई असार १३ गते पक्राउ गरी रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij