Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लुटपाटमा संलग्न पाँच जना पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौँ : प्रहरीले लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका ४ बस्ने वर्ष ३२ वर्षिय राम बहादुर तामाङ, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका ३ बस्ने ४० वर्षिय बिपिन लामा,महोत्तरीको बर्दिबास नगरपालिका ६ का वर्ष ३८ वर्षिय बिनोद मगर रहेका छन् ।

त्यस्तै रामेछापको सुनापति गाउँपालिका ३ बस्ने ३० वर्षिय राजु तामाङ र रामेछापकै मन्थली नगरपालिका १६ बस्ने ३० वर्षिय राजकुमार माझी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक(एसपी) अपील राज बोहराले बताए । प्रहरीका अनुसार उनीहरुले गौशाला रुन्चेडाँडाको सार्वजनिक सडक बाटोमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई केही अपरिचित मानिसहरूले डर त्रास तथा धाक धम्की दिएका थिए ।

साथै उनीहरुले ४५ हजार नगद समेत लुटपाट गरेका थिए । उनीहरुमाथि डाँका गर्न नहुने सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँचको दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट