बुलिङटार : नवलपुरको बुलिङटारमा जंगल विषालु च्याउ खादा १४ जना बिरामी भएका छन । बुलिङटार गाउँपालिका- २ को जीवनज्योति मण्डलीका विश्वासी दाजुभाई दिदिबहिनीहरूले शनिबार बिहान संगती गरेर सामुहिक भोजनमा जंगली विषालु च्याउको तरकारी खादा बिरामी परेका हुन ।
बिरामी पर्नेमा बुलिङटार गाउँपालिका- २ का कृष्ण राना मगर, चनी मायाँ राना मगर, महेश राना मगर, एकवीर बराल मगर, धन माया लुङ्गेली मगर, कबिता लुङ्गेली मगर, निसा ठाडा मगर, मन माया राना मगर, रुमा गाहा मगर, गुनी माया राना मगर, बुलिङटार गाउँपालिका-१ कोटथरका हो माया सारु मगर, बुलिङटार गाउँपालिका-३ का एरमिया कुमाल र संजय कुमाल रहेका छन ।

बुलिङटार गाउँपालिका-२ का वडा अध्यक्ष कमल बकाबल मगरले आफ्नो सामाजिक संजाल फेसबुकमा जानकारी गराएका छन । बिरामी १४ जनालाई उपचारका लागि दुई वटा एम्बुलेन्स र दुईवटा माईक्रो बसमार्फत चितवन अस्पताल पठाएको र जस मध्ये १२ जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष बकाबलले जानकारी दिएका छन । उनले बिरामी सबैको स्वास्थ्य लाभको कामनासमेत गरेका छन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij